बागमती प्रदेशका नयाँ मन्त्रीले लिए शपथ
काठमाडाैं | माघ ११, २०७९
तस्बिर साभार
हेटौंडा: बागमती प्रदेशका नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । ८ जना मन्त्रीले बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
नेकपा माओवादीबाट गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्री,कुमारी मोक्तान सामाजि विकास मन्त्री र युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री भएका छन् । नेकपा एमालेबाट केशव प्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री,रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री र एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री भएका छन् ।
राप्रपाबाट यसअघि नै मन्त्री नियुक्त भइसकेका उद्धव थापाले खानेपानी उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । राप्रपाबाट डम्बर तामाङ पर्यटन उद्योग तथा सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री भएका छन् । उनीहरुले पद तथा गोपनीयताको शपथसँगै आजै पदभार ग्रहण गरेका छन् ।
बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित ११ सदस्यीय मन्त्रिपरिषद बनेको छ । यो सरकारलाई समर्थन गरेका नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले भने सरकारमा सहभागिता जनाउने अवसर पाएनन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

